Breaking News

संविधानले जितेको छ, देशले न्याय पाएको छ’ डा. बाबुराम भट्टराई

By मनासलु

March 10, 2021

गोरखा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संबिधानले जितेको र देशले न्याय पाएको बताएका छन्’ । देशमा संकट भने अझै टरी नसकेको उनले बताए ।

गोरखाको शहिदलखन गाँउपालिका घैरुङमा हिमालय मा.विको भवन उद्घाटन गर्दै पूर्वप्रधानमान्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन् ।  बलिदान गरेर बनाएको संबिधानलाई लत्याएर प्रतिगामी कदम चालियो’ डा. भट्टराईले भने ‘तर आज संबिधानले जितेको छ, देशले न्याय पाएको छ’ ।

प्रतिगामी तत्वलाई परास्त गर्न सबै दल एकै ठाउँमा उभिनुको बिकल्प नरहेको  बताउँदै  भष्मासुरलाइ लामाे समय कार्यकारी पदमा राख्न नहुने  बताए । भारतिय दुतावासकाे सहयाेगमा बनेकाे हिमालय मावि घैरुङ बाँसकाेटकाे १८ काेठे भवनकाे उद्घाटन गर्दै डा‍.भट्टराइले साे कुरा बताएका हुन् ।