आँबुखैरेनी, तनुहँ । जिल्लाकाे आँबुखैरेनी बजारमा अध्याधुनिक सुविधा सम्पन्न पार्टी प्यालेस संचालनमा आएको छ। बजारको मध्यभाग कृष्ण मन्दिर नजिकै ६ कराेड लागतमा सुविधा सम्पन्न माई छिम्केश्वरी पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट आजदेखि संचालनमा आएको हो।
महाशिवरात्रीको अवसर पारेर रेष्टुरण्टको आज आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले उद्घाटन गरेका छन् । रेष्टुरेण्टको समुद्घाटन गर्दै अध्यक्ष थापाले आँबुखैरेनीमा अत्याधुनिक सुविधा सम्पन्न होटल रेष्टुरेण्ट संचालनमा आउदा आँबुखैरेनीको आर्थिक गतिविधिको विकाशमा कोसेढुङ्गा सावित हुन सक्ने भएको बताए ।
के.सी. ग्रुपको करिब ६ करोड लगानीमा संचालनमा आएको पार्टी प्यालेसमा एसी हलका साथै ५०० जनासम्म अट्ने २ वटा हल रहेको छ। साढे ६ रोपनी जग्गामा फैलिएको रेष्टुरेण्टमा पर्याप्त पार्किङका साथै बजारको मुख्य भागमा नै रहेकोले पाहुनाको रोजाईमा पर्ने संचालक इम बहादुर के.सी.ले बताए ।
स्विमिङ पुल सहित रेष्टुरेण्टमा ३६ वेडको १८ वटा एसी जडित कोठा सञ्चालनमा आएकाे छ । रेष्टुरेण्टको औपचारिक कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बुद्धिजिवी, सुरक्षा निकायका प्रतिनिधीहरु, व्यवसायी समाजसेवी लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो।