Breaking News

चट्याङमा परी त्रिभुवन विद्याआश्रमका विद्यार्थिकाे बाटाेमा मृत्यु, घाइतेहरुलाइ हेलिकप्टरबाट पाेखरा लगियाे

By मनासलु

March 16, 2021

  क्वहाेलासाेथार, लमजुङ ।  लमजुङमा आज चट्याङमा परी एक विद्यार्थीको मृत्यु भएको छ ।

दिउसो अन्दाजी ३:५० बजेको समयमा लमजुङ क्वहोलासोथार गाँउपालिका–४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा अचानक परेको चट्याङबाट सोही स्कुलमा अध्ययनरत नौ जना विद्यार्थीहरु र सोही स्कुलमा अध्यापन गराउने दुई जना शिक्षिकाहरु घाईते भएको भएको प्रहरीले जनाएको छ ।

घाईते मध्ये दुई जना विद्यार्थीहरुलाई उपचारको लागि हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा ल्याउने क्रममा १८ वर्षीय बिनोद बिककोे बाटोमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।

घाइते छबिन्द्र गुरुङको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको र अवस्गा गम्भिर रहेको बताइन्छ । अन्य घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।