Breaking News

नेपाल आयल निगमद्वारा मुल्य वृद्धिलाइ प्राथमिकता

By मनासलु

March 17, 2021

काठमाण्डाै ।     नेपाल आयल निगमले मुल्य वृद्धिलाइ प्राथमिकता दिदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो।

निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

अब मूल्य वृद्धिपछि पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य थवावत राखिएको निगमले जानकारी गराएको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्यवृद्धि भैरहेकोमा इण्डिन आयल निगमले मूल्य बढाएको र सोहि अनुसार नेपालमा पनि मूलय वृद्धि गर्नुपरेको निगमले बताएको छ। मुल्य वृद्धि गर्दा पनि निगम अझै घाटामा रहेको निगमको दाबी छ।