अपराध/ दुर्घटना

गाेरखाका जुवाडे धादीङ ज्वालामुखि गाउँपालिका गैरीगाउँबाट पक्राउ

By मनासलु

March 17, 2021

गोरखा ४, चैत । अबैध रुपमा जुवा खेली रहेको अबस्थामा गोरखाको गण्डकी गाउँपालिका–४ का एक पुरुष सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका–२ गैरिगाँउबाट कौडा खेलिरहेको अवस्थामा गोरखाका ४७ बर्षिय लोकबहादुर भट्ट लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

हिजोसाँझ स्थानीयबासी हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अबस्थामा उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मैदी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । जुवाको खालबाट नगद रु ३ लाख १३ हजार ६५ रुपैया सहित ३२ थान कौडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको सवै माथि थप अनुसन्धान सुरु जनाइएको छ । अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनामा आधारमा प्रहरीले जुवाखेली रहेको ठाउँमा पुगेर उनिहरुलाई नियन्त्रणमा लिइएको धादिङ प्रहरीले जनाएको छ ।