मनोरञ्जन

रातो कम्मलले दर्शक तथा स्रोताको मायाँ बटुल्दै

By मनासलु

March 28, 2021

स्याङ्जाका शिक्षकहरुको एक समूहले पछिल्लोपटक बजारमा ल्याएका रातो कम्मल बोलको गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको छ । निकै छोटाे समयमा टिकटकमा निकै मन पराइएको यो गीत युवापुस्तालाई बढी छुने खालको रहेको छ। सुनिता बुढा छेत्री र बिश्व बिनोद स्वर रहेको यस गीतमा लय/ शब्द उत्तम अधिकारी ,रामचन्द्र न्यौपाने र दुर्गा प्रसाद कोईराला रहेको छ । रामचन्द्र न्यौपाने, उत्तम अधिकारी , दुर्गा प्रसाद कोईराला ,रघुनाथ भट्टराई ,गौरव भट्टराई र शिशिर आचार्य निर्माता रहनुभएको गीतमा मोडेल करिश्मा ढकाल र सन्जिब ठकुरी हुनुभएको छ भने कोरियिग्राफरमा रुपेश श्रेष्ठ रहनुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला।