गोरखा १८, चैत। गोरखामा व्यवसायीलाई धाक धम्की दिएर तर्साउने एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ३ तान्द्राङ बस्ने बर्ष २० को अनुरुपम दाहाललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको हो ।
पक्राउ परेका दाहालले गोरखा ब्रअरी प्रा.लि.का सेल्स अफिसरको रुपमा काम गर्ने जिल्ला गोरखा नगरपालिका वडा नम्बर. ६ हरमटारी बस्ने बर्ष ३३ को निर्मल खनाल र वडा नम्बर १४ बस्ने बर्ष ४२ को अशोक खत्रीलाई टेलिफोन मार्फत पटक–पटक डर–त्रास, धाक–धम्की दिई पाँच कार्टुन बियर लगायतका विभिन्न सामानहरु माग गरेको प्रहरीको भनाई छ ।
साथै उनीहरुलाइ मागेको समान नदिएको खण्डमा ज्यान मार्नेसम्मको धम्की दिएको प्रहरीको भनाई छ । पक्राउ परेको दाहाले बिरुद्ध सार्वजनिक हित विरुद्धको कसूर मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको जनाइएको छ ।