सम्पादक न्याैपानेद्वारा गण्डकी प्रदेश काेषाध्यक्ष पदमा उम्मेदवारी दर्ता

शुक्रबार, चैत्र २०, २०७७

पाेखरा । मनासलु डटकमका लागि सम्पादक रहेका राजेन्द्र न्याैपानेले नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशकाे काेषाध्यक्ष पदका लागि उम्मेदवारी मनाेनयन गरेका छन् । यस अघि नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशका कार्य समिति सदस्य र स्मारीका प्रकाशन समितिका सँयाेजक रहि कार्य गरेका अनुभव न्याैपानेसँग रहेकाे छ ।

गण्डकी प्रदेश भित्रका पत्रकारहरुकाे हकहित,रक्षा र पेशागत क्षमता वृद्धिका लागि काम गर्न उक्त पदमा उम्मेदवारी दिएकाे न्याैपानेले बताएका छन् ।