राङरुङमा भएकाे जीप दुर्घटनामा दुइ जनाकाे निधन, सात जना घाइते

शनिबार, चैत्र २१, २०७७

गोरखा २१, चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङमा आज साझ जिप दुर्घटना हुँदा दुइ जनाकाे निधन भएकाे छ । लमजुङ स्थित दुधपाेखरी गाउँपालिका घर भएका रामेश्वर न्याैपाने र ठाकुर दवाडी रहेका छन्।

बारपाकबाट बालुवा तर्फ जादै गरेको ना ५ च ३२९८ नम्बरको बलेको जिप सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।

लमजुङ बिचौरबाट घुम्न पुगेको उनिहरु घुमेर फर्किदै गर्दा जिप दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते हुनेहरुमा अनिल मरहट्टा,विष्णु दवाडी, अमृत दवाडी, सुसिल नराल,विष्णु न्याैपाने, सन्ताेष तामाङ (चालक), अमृत दवाडी (सह चालक) रहेका प्रहरीले जनाएकाे छ । उनीहरुकाे चितवन मेडिकल कलेजमा उपचार भइरहेकाे छ ।