बागलुङ कालिका मन्दिर परिसरकाे जँगलमा आगलागि

शनिबार, चैत्र २१, २०७७

बागलुङ, २१ चैत । प्रसिद्ध बागलुङ कालिका मन्दिर परिसरमा रहेको जंगलमा आगलागी भएको छ । शनिवार दिउँसो काठेखोला छेउमा रहेको फोहोर व्यवस्थान स्थलदेखि सुरु भएको आगो मन्दिरको जंगल परिसरमा प्रवेश गरेको हो ।

आगो नियन्त्रणका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको समुहले प्रयास गरिरहेको भएपनि नियन्त्रणमा लिन नसकिएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए ।

आगलागिका कारण मन्दिरको पश्चिम पट्टिरहेको आधा जंगल नष्ट भएको छ । मन्दिर परिसर नजिकै आगो आईपुगेकाले मन्दिर जोखिममा रहेको उनको भनाई थियो । जंगलमा कुहिएका काठ, रुखका पातहरु र झार जंगल बढी भएकाले नियन्त्रणमा कठिनाई भैरहेको छ । यस क्षेत्रमा बसाेबास गर्ने नागरिकहरु बाक्लाे धुँवाकाे मुस्लाेमा बस्न बाध्य भएका छन् ।