दराैँदी कृषि सहकारी सहित गाेरखाका पाँच सहकारिलाइ नगरपालिकाले दियाे ५० हजार पुरस्कार

शनिबार, चैत्र २१, २०७७

गाेरखा । गाेरखा नगरपालिका गाेरखाले जिल्लाकाे वडा नम्बर १२ स्थित दराैँदी कृषि सहकारि सँस्था सहित नगरभित्र रहेका हिमचुली बचत तथा ऋण सहकारी गोनपा ७, गोरखकाली बचत तथा ऋण सहकारी गोनपा ९, गण्डकी बचत तथा ऋण सहकारी गोनपा १०, महालक्षमी बचत तथा ऋण सहकारी गोनपा २ लाई ५० हजारका दरले पुरस्कृत गरेका हुन् ।

नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच नगरप्रमुख राजनराज पन्तले सहकारीका पदाधिकारी भेला गरेर पुरस्कार बितरण सँगै सहकारीको नीति नियमका बारेमा प्रशिक्षण पनि दिइएको थियो । सहकारी अभियान्ता नरेश नरालले सहकारीको काम, योजना, कार्यक्रम लगायतका बारेमा जानकारी गराएका थिए ।

सहिकारी दिबसको अवसरमा आयोजित कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोईराला, गोरखकाली सहकारीका अध्यक्ष सुजन कुँवर लगायतले मन्तब्य राखेका थिए । गोरखा नगरपालिका भित्र  बिभिन्न ९० वटा सहकारी रहेका छन् ।