गाेरखाकाे पत्रकार महासँघ अध्यक्षमा दिपक श्रेष्ठ

आइतवार, चैत्र २२, २०७७

गोरखा । नेपाल पत्रकार महासँघ गाेरखा शाखाकाे अध्यक्षका लागि मनासलु एफएमका स्टेशन म्यानेजर दिपक श्रेष्ठ हुने भएका छन् । अघिल्लाे पटक महासँघमा सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा प्रेस सेन्टर नेपाललाइ अध्यक्ष दिने सहमति अनुसार, केन्द्रमा प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशिल पत्रकार सँघ वीच भएकाे सहमति अनुसार गाेरखामा प्रेस सेन्टरले नेतृत्व पाउने भएकाे हाे ।

यसैवीच प्रेस सेन्टर नेपालले समेत श्रेष्ठलाइ सर्व सम्मत अध्यक्ष चयन गर्ने निर्णय गरेकाे छ ।

एक विज्ञप्ती जारी गरी सेन्टरले  नेपाली श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको यही मिति २०७७ साल चैत २५ गते हुने अधिवेशनको लागि गोरखा जिल्ला अध्यक्षमा  दिपक श्रेष्ठलाई उमेदवारीमा उठाउने भएको छ । आज बसेको संगठनको बैठकले एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको हो ।

अधिवेशनको सन्दर्भमा प्रजातान्त्रिक, लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, अग्रगामी एवं व्यवसायिक पत्रकारहरुको केन्द्रदेखि जिल्लासम्म गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको अवस्था विद्यमान रहेको सेन्टरका जिल्ला अध्यक्ष  गुणराज रोकाद्धारा हस्ताक्षिरित विज्ञप्तिमा उल्लेख गरिएको छ । तथापी गोरखा जिल्लामा भने सहमति र सहकार्यका साथ गोरखाली पत्रकारहरु पेशागत हकहित तथा सुरक्षा सवालमा एकजुट छन् भन्ने सन्देश प्रवाह गर्न गोरखा जिल्ला पत्रकार महासंघ विगतदेखि नै सफल भएको गौरवपूर्ण ऐतिहासिक विरासत हाम्रा सामु कायम रहेको प्रेस सेन्टरका जिल्ला अध्यक्ष गणराज रोकाले बताउनु भएको छ । यसै विरासतलाई अक्षुण राख्दै ३ दर्जन भन्दा कम पत्रकार सदस्य संख्या रहेको गोरखा जिल्ला शाखा सहमतिका साथ यस अधिवेसनमा समेत अगाडी वढोस् भन्ने हाम्रो संगठनको प्रमुख धारणा रहेको विज्ञप्तिमा भनिएको छ ।

केन्द्रिय गठवन्धनलाई स्वीकार्दै चुनावी मैदानमा जानुपरेपनि हामी पेशागत हित सुरक्षा र सवलीकरणको सन्दर्भमा पत्रकारिताको मुल्य मान्यता र निष्पक्षता कायम गर्न वर्तमान महासंघका जिल्ला उपाध्यक्ष दिपक श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय समेत तय गरिएको कुरा समेत विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।  साथै जिल्लामा क्रियाशिल पत्रकारका सबै पेशागत संगठन सँग सहकार्य गरी बार्ता छलफल र संवाद अगाडी वढाउन तथा सर्वसम्मत नेतृत्व चयनको लागि सबै घटक सामु छलफलको लागि संगठनले खुल्ला प्रस्ताव आह्वान गरेको छ ।