सम्पादक न्याैपाने नेपाल पत्रकार महासँघ गण्डकी प्रदेश काेषाध्यक्ष पदमा निर्वाचित

आइतवार, चैत्र २९, २०७७

गाेरखा । मनासलु डटकमका सम्पादक राजेन्द्र न्याैपाने नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशकाे काेषाध्यक्ष पदमा निर्वाचित भएका छन् । दुइ जना प्रतिष्पर्धीलाइ पछि पार्दै न्याैपाने ४५३ मत ल्याएर विजयी भएका हुन् । यस अघि महासँघ गण्डकी प्रदेशका सदस्य रहेका न्याैपाने आगामी तीन वर्षे कार्यकालका लागि काेषाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

 

गण्डकी प्रदेशका ११ जिल्ला बागलुङ, म्याग्दी, पर्वत, कास्की, स्याङ्जा, मनाङ, मुस्ताङ, नवलपुर ,तनहुँ ,लमजुङ र गाेरखाका पत्रकारहरुले मतदान प्रक्रियाबाट प्रदेशका अध्यक्ष सहितका पदाधिकारीहरु छनाैट गरेका थिए । डेढ दशकदेखि  छापा, टेलिभिजन र रेडियाेमा रहि पत्रकारितामा सक्रिय रहँदै आएका न्याैपाने विगत एक वर्ष देखि मनासलु डटकममा सम्पादक रहि काम गर्दै आएका छन् । यस अघि न्याैपाने रेडियाे नेपाल र राष्ट्रिय समाचार समितिमा समेत काम गरिसकेका छन् ।