
अष्ट्रेलिया – गोरखा समाज अष्ट्रेलियाको अध्यक्षमा प्रकाश बस्ताकोटी चयन भएका छन् ।
सिडनी स्थित मेरिल्याण्डमा भएको समाजको भेलाले बस्ताकोटीलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो ।
गोरखा जिल्ला घर भई अष्ट्रेलिया गएर रोजगारीकालागि सबेकाहरुको संस्था गोरखा समाज अष्ट्रेलियको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिमा योगेन्द्र जोशी, सचिबमा रितु श्रेष्ठ चयन भएका छन् । त्यस्तै गरी कोषाध्यक्षमा राजु पोखरेल
र सह कोषाध्यक्षयमा कृष्ण भट्ट सर्व सम्मत चयन भएका छन् ।
सोही कार्यक्रममा अन्य ९ सदस्यहरू समेत चयन गरिएको छन् । संस्थाको प्रबक्तामा रंजित वन्त चयन भएको छ । समाजले नयाँ बर्षका उपलक्ष्यमा आयोजित चियापान तथा शुभ कामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी अस्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूत दीपक खड्काले सामूहिक एकतामा जोड़ दिए ।
कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्षतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, सिड्नी साउथ वेस्टका नेपाली अध्यक्ष डा.देवेन्द्र सापकोटा लगायत विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।