शहिदलखन गाउँपालिकाकाे प्रशासकीय भवन शिलान्यास

सोमवार, बैशाख १३, २०७८

शहिदलखन, गाेरखा । जिल्लाकाे सहिदलखन गाउँपालिकाको मूख्य प्रशासकिय भवनको शिलन्यास भएकाे छ गाउँपालिकाले निर्माण गर्न लागेको मुख्य प्रशासकिय भवनको  नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहनुभएका गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले एक कार्यक्रमका वीच शिलन्यास गरेका हुन्

गाउँपालिकाले अहिले अस्थायी भवन निर्माण गरि कार्यालय सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले वडा नम्बर ६ को घैरुङमा भवन निर्माण गर्न लागेको हो । भवन शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर, उपाध्यक्ष इन्दिरता तिवारी, प्रमुख प्रशासकिय अधिकृत जीवन आलेमगर, नेकपा माओबादी केन्द्र गोरखाका सचिवालय सदस्य अंकुर तिमिल्सेना (आयाम) लगायतको सहभागिता रहेको थियो ।