दिर्घ राेगि रहेकाे भन्दै एमाले साँसदद्वारा काेराेना परिक्षण गर्न माग गर्दै सँसद अवरुद्ध

मङ्लबार, बैशाख १४, २०७८

पाेखरा १४ वैशाख सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी(एमाले)ले गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । आफूहरु दिर्घराेगी रहेकाे र काेराेना सङक्रमण भएकाे हुनसक्ने भएकाले पिसीआर परीक्षण गरी काेराेना भए नभएकाे परिक्षण गरिदिन माग गर्दै प्रदेश सभा अवरुद्ध गरेका हुन् । अक्सीजन र उपचार अभावमा जनताले कष्टकर दैनिकि विताइरहेकाे बेला एमाले साँसदहरुले आफ्नै पिर गर्दै सँसद अवरुद्ध गरेका हुन् ।

सत्तारुढ दलका सांसदबाटनै बैठक अवरुद्ध गरेपछि २० मिनेटका लागि सदन स्थगित भएको हो । सत्तामा रहेर सँसद अवरुद्ध गर्ने प्रचलन एमालेबाट आएकाे हाे । सरकारकाे सबै मन्त्री र अर्थतन्त्रकाे सबै जिम्मेवारी बाेकेकाे पार्टीले सँसद अवरुद्ध गर्नुलाइ नाङ्गै रहेर पनि लुगा लगाएकाे भन्दै उफ्रिएकाे जस्ताे भएकाे र लुकाउनुपर्ने अङ्ग देखिएकाे सभाहलमा भएका अर्का एक साँसदले बताए । 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ । आजपनि छलफल गरेर भोली सो प्रश्तावमाथि मतदान हुने जनाइएको थियो ।