शहिदलखन गाउँपालिका जलदेवी मा‍व‍ि गाेरखाका विद्यार्थीहरुले व्यवसायिक शिक्षालाइ प्रयाेगमा ल्याए

मङ्लबार, बैशाख १४, २०७८
आफूले बुनेकाे डाेकाे देखाउँदै प्रशन्न मुद्रामा कक्षा ७ का एक्सन वि‍.क.

शहिदलखन गाउँपालिका, गाेरखा । शहिदलखन गाउँपालिका वडा नम्बर ५ स्थित जलदेवि माध्यमिक विद्यालयमा पुग्ने अवसर मिल्याे । नेपाल सरकारकाे स्वीकृत पाठ्यक्रममा भएकाे पेशा,व्यवसाय तथा प्रविधि शिक्षा विषयका शिक्षक केशव विक कक्षा ७ का विद्यार्थीहरुलाइ वाँसकाे चाेयाबाट डाेकाे र चकटी बनाउन सिकाउँदै गरेकाे पायाैँ । यस अघि साेही पालिका भित्र रहेकाे जनशक्ति मा‍‍.वि.का विद्यार्थिहरु काेही मह काढ्दै थिए त काेही आफ्नै साथिकाे कपाल काट्दै गरेका अवस्थामा अघिल्लाे साता देखेका थियाैँ ।  कक्षा ६,७ र ८ मा पढाइ हुने पेशा,व्यवसाय तथा प्रविधि शिक्षामा यस पालिका भित्र रहेका विद्यालयका विद्यार्थीहरुले सीप सिक्नुपर्ने अनिवार्य छ ।

लिखित ५० र प्रयाेगात्मक ५० गरी १०० पूर्णाङ्ककाे परीक्षामा लिखितकाे परीक्षा लिने र प्रयाेगात्मकलाइ कुनै पनि सीप नसिकाइ अङ्क दिने प्रचलन देशैभरीका विद्यालयहरुले लिएका बेला साेही पाठ्यक्रमलाइ गाेरखाकाे शहिदलखनका विद्यालयहरुले भने सीपलाइ महत्व दिएर कार्यन्वयनमा ल्याउन थालेका देखिएकाे छ ।

कक्षा ७ का एक्सन वि.क. डाेकाे बुन्दै गरेकाे हामीले देख्याैँ एउटै घण्टीमा डाेकाे तयार नहुने भएपछि शिक्षककाे सहयाेगमा दाेश्राे दिनकाे कक्षामा डाेकाे तयार गरी उनले हामीलाइ देखाए । छात्र हुन या छात्रा सीप सिक्न पाउँदा निक्कै रमाइ रहेका देखिन्थ्ये ।

घरमा पानी बाेक्न, मल बाेक्न, चाडपर्वका समयमा काेसेली लिएर आफन्तकाे घरमा जान, घाँस काटेर ल्याउन बारम्बार डाेकाे आवश्यकता पर्ने हुनाले बालबालिकाहरुलाइ उक्त सीप सिकाउन उपयुक्त लागेर सिकाएकाे विषय शिक्षक केशव वि.क बताउँछन् । बजारमा एउटा डाेकाेकाे मूल्य आकार अनुसार तीनसय देखि सातसय सम्म पर्ने वडा अध्यक्ष समेत रहेका स्थानीय चन्द्र बहादुर थापा बताउँछन् ।

माैलिक सँस्कृति झल्कने, स्थानीय स्राेत साधनकाे प्रयाेग हुने, तयार गरिएका सामग्री प्रयाेगमा ल्याउन पनि पाइने र विद्यार्थीमा सीपकाे विकास हुने भएकाले पेशा,व्यवसाय तथा प्रविधि शिक्षामा धेरै भन्दा धेरै सीपहरु सिक्न बालबालिकाहरुलाइ प्राेत्साहन गरिएकाे विद्यालयकाे प्रधानाध्यापक बुद्धरत्न श्रेष्ठ बताउँछन् । बाँस तथा निगालाकाे चाेया   मकैका खाेसेल्टाहरु  प्रयाेग गरी डाेकाे, मुडा, चकटीजन्य सामग्री तयार गर्ने गरिएकाे विषय शिक्षककाे भनाइ छ ।

व्यवसायिक शिक्षा  दैनिक जीवन व्यवहारमा प्रयाेगमा आउने गरी सीप सिकाउनका लागि राखिएकाे र त्यसलाइ कार्यन्वयन गर्नु शिक्षककाे कर्तव्य हुने शहिदलखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल बताउँछन् । व्यावसायिक शिक्षा चित्र बनाउन नभै सीप हासिल गर्न पाठ्यक्रममा समावेश गरिएकाे बताउँदै पालिका भित्रका केही विद्यालयहरुकाे प्रयास प्रशँसनिय रहेकाे बताए ।

१२,१३ वर्षका उमेर समूहका बालबालिकाहरुले अध्ययनकाे क्रममा व्यवसायिक शिक्षालाइ किताबबाट  भाैतिक वस्तुकाे निर्माण गरी व्यवहारीक सीप प्रयाेगमा ल्याएका हुन् ।