खानेपानी र उर्जा मन्त्रीलाइ काेराेना सङक्रमण

शुक्रबार, बैशाख १७, २०७८

 वैशाख १७, काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले भन्यो । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

यस अघि उर्जा मन्त्री टाेप बहादुर रायमाझीलाइ काेराेना सङक्रमण पुष्टी भएकाे थियाे ।  रायमाझी र थापा सहित सँघीय सरकारका दुइ जना मन्त्रीलाइ काेराेना सङक्रमण भएकाे छ ।