धार्चे गाउँपालिका , गाेरखा । जिल्लाकाे उत्तरी क्षेत्रमा रहेकाे धार्चे गाउँपालिकाले किसानहरुका लागि घाँस दाउरा काट्ने प्रयाेजनका लागि हसियाँ वितरण गरेकाे छ ।
सँघिय साँसद हरीराज अधिकारी सहितकाे उपस्थितिमा पालिकाले किसानहरुलाइ हसियाँ वितरण गरेकाे हाे । हसियाँ पाएपछि किसानहरु खुशी भएका छन् । पालिकाकाे वडा नम्बर ६ मा मुख्यमन्त्री कृषि कार्यक्रम लागू भएकाे छ । साे क्षेत्रका किसानहरुलाइ हसियाँ वितरण गरिएकाे पालिका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।