Breaking News

काेराेना सङक्रमणबाट गाेरखामा दुइ जनाकाे मृत्यु

By मनासलु

April 20, 2021

गाेरखा । काेराना सङक्रमणका कारण गाेरखामा दुइ जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे भीमसेन थापा गाउँपालिका वडा नम्बर १ मसेलमा साेमबार ७९ वर्षिय वृद्धकाे मृत्यु भएकाे थियाे । आज  गाेरखा नगरपालिका वडा नम्बर १४ का ५५ वर्षिय पुरुषकाे  चितवनमा मृत्यु भएकाे गाेरखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

भारतबाट घर फर्कीएका पुरुषकाे साेमबार काेराेना पुष्टि भएकाे र आज निधन भएकाे हाे ।