Breaking News

गाेरखा नगरपालिका १४ मा पाँच जना काेराेना सङक्रमित

By मनासलु

April 23, 2021

गोरखा, १० बैशाख । गोरखा नगरपालिकामा आज थप ५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । नगरपालिकाको वडा नम्बर १४ स्थित एक बिधालयमा अध्ययनरत बिधार्थी, उनिहरुका अभिभावक र भारतबाट फर्किएका एक पुरुषमा संक्रमणको पुष्टी भएको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निस्छल अर्यालले जानकारी दिए ।

केहीदिन अघि कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको सम्पर्कमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि स्वांब परीक्षणका लागि पठाइएका मध्ये ४ जनामा संक्रमण देखिएको उनले बताए । त्यस्तै भारताबाट फर्केका व्यक्तिमा गरिएको नमुना परीक्षणका क्रममा ति व्यक्तिलाई संक्रमणको पुष्टी भएको उनकाे भनाइ छ ।

‘स्वांब संकलनका लागि त्यहाँ जाँदा भारत बाट आएका केही भने एक पटक नमुना संकलन गरौ न भनेर बुझ्यौ, उनले भने  ३ जना भारतबाट आएका रहेछन् एक जनाको नुमनाको रुपमा स्वांब लिएर परीक्षणका लागि पठाउदा संक्रमण पुष्टी भयो ।’