Breaking News

शहिदलखन गाउँपालिकामा ७ बेडकाे आइसाेलेन

By मनासलु

April 29, 2021

शहिदलखन,गाेरखा । दाेश्राे लहरकाे काेराेना सङक्रमण बढेसँगै शहिदलखन गाउँपालिका गाेरखाले पालिका भित्र रहेका स्वास्थ्य चाैकीहरुमा आइसाेलेन वार्ड निर्माण गर्न थालेकाे छ । पालिकाकाे घैरुङ स्वास्थ्य चाैकी मातहत रहने गरी ७ वेडकाे आइसाेलेन निमार्ण गरिएकाे स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।

बेडमा ज्वराे नाप्नका लागि डिजिटल थर्माेमिटर, प्रेसर र अक्सिजन नाप्ने डिजिटल यन्त्र सहित स्वास्थ्य किट र अक्सिजन सिलिण्डर राखिएकाे छ ।

नाै वटा वडा रहेकाे गाउँपालिका भित्रका अन्य वडामा पनि अक्सिजन राखिएकाे छ । पालिका भित्र देखा परेका विरामीहरुमा थप समस्या परेमा घैरुङ स्थित आइसाेलेशन वार्डमा ल्याएर उपचार गर्ने याेजना पालिकाले बनाएकाे हाे । विरामीहरुलाइ घर घरमा पुगेर स्वास्थ्य सामग्री प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताए ।

नागरिकहरुकाे स्वास्थ्यलाइ केन्द्रीत गरी  आवश्यक अन्य तयारीका लागि गाउँपालिकामा विपद व्यवस्थापन समितिकाे वैठक बसेर निर्णय लिइने गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।