Breaking News

जसपा गाेरखा अध्यक्ष खत्रीलाइ काेराेना सङक्रमण

By मनासलु

April 30, 2021

गोरखा  १७ बैशाखा । जनता समाजवादी पार्टी गोरखाका अध्यक्ष नारायण खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष खत्रीले गत बुधबार स्वाब दिएका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष खत्री अहिले होम आइसोलेशनमा बसेका छन् । रुघाखोकीको समस्या देखा परेपछि शंका लागेर परिक्षण गराउदाँ आज  रिर्पोट पोजेटिभ आएकाे उनले बताए । जनताकाे सेवा जुट्दाजुट्दै काेविड भएकाे र निकाे भएर पुन सेवामा खटिने उनले बताएका छन् ।