गाेरखा । सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयाेगशाला पाेखरामा भएकाे परीक्षणमा भीमसेन थापा गाउँपालिका ७ क्यामुन्टारका ३३ जना सहित ४३ जनामा काेराेना सङक्रमण देखिएकाे हाे ।
१० जना गाेरखा नगरपालिका ८ का रहेका छन् । जसमा एक जना जसपा नेता नारायण खत्री छन् । लक्षण देखिना साथ स्वाव सङकलन गरी परीक्षण गराएकाले सङक्रमितहरुकाे सँख्या बढेकाे र उनीहरुकाे अवस्था सामान्य रहेकाे वडा अध्यक्ष नारायण श्रेष्ठ बताउँछन् ।
बाेर्लाङ क्यामुन्टारकाे जस्तै अवस्था तान्द्राङकाे रहेपनि साे क्षेत्रमा स्वाव सङकलन भएकाे छैन । गाेरखामा सङक्रमितहरुकाे सँख्या १०५ जना पुगेकाे छ ।