शहिदलखनका ३ जना सङक्रमित १८ जनाकाे स्वाव सङ्कलन

शनिबार, बैशाख १८, २०७८
शहिदलखन गाउँपालिका अध्यक्ष रामेश थापा मगर , वडा अध्यक्ष, स्वास्थ्यकर्मीहरुकाे टाेली स्वास सङ्कलनमा जुट्दै । स्वास्थ्य शाखा शहिदलखन

शहिदलखन, गाेरखा ।  शहिदलखन गाउँपालिका  नाम्जुङ्ग निवासी ८९ वर्षको पुरुष र ९० वर्षको महिला र वडा नम्बर ६ खगी का ४५ वर्षिय पूरुषमा  पोजेटिभ देखिएकाे छ । पाेजेटिभ देखिएका नागरीकहरुकाे प्रत्यक्ष सम्पर्कमा रहेका र मैलुङमा काेविड लक्षणसँग मिल्ने लक्षण देखिएका  गरी ११ जना महिला र ७ जना पुरुष जम्मा १८ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गरी स्वाव सङ्कलन गरिएकाे छ ।

यस कार्यमा  गाउँपालिकाका अध्यक्ष , वडाध्यक्ष ज्युहरु , स्वास्थ्यकर्मीहरुले सहयाेग पुर्याएका थिए । कस्काे स्वाव सङकलन गर्ने भन्ने विषयमा यसपालिकाकाे विपद व्यवस्थापन समितिकाे बैठकले स्वास्थ्यकर्मीलाइ जिम्मेवारी दिएकाे छ ।