तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना सङ्क्रमण पुष्टि

शनिबार, बैशाख १८, २०७८

तनहुँ, १८ बैशाख । तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षण अनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भएपनि कुनै प्रकारको असजिलो महशुस नभएको र होम आइसोलेशनमै रहेको सांसद श्रेष्ठले बताए । कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रह समेत गरेका छन् ।