पालुङटार नगरपालिकाबाट दिइने सेवा एकहप्ताका लागि बन्द

सोमवार, बैशाख २०, २०७८

पालुङटार,गाेरखा । काेविड सङक्रमणका कारण पालुङ्टार नगरपालिकाले पालिकाबाट प्रदान गरीने नियमित सेवाहरु एक हप्ताका लागि बन्द गरेकाे छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सँयुक्त हस्तारक्षर गरेर काेविडका दाेश्राे भेरियन्ट देखा परेकाे , मानिसहरुमा सङक्रमण फैलिएकाे र मृत्यु समेत भइरहेकाेले बैशाख २० गतेबाट २६ गतेसम्मका लागि काेविड राेकथामका गतिविधि बाहेक अन्य गतिविधीहरु बन्द भएकाे जानकारी दिएकाे हाे ।