सीमा क्षेत्रमा पर्ने गाेरखाका तीन पालिका नाका आजदेखि बन्द

बुधबार, बैशाख २२, २०७८

गाेरखा । धादिङ, तनहुँ र चितवनकाे सीमा क्षेत्रमा पर्ने गाेरखाका तीन पालिका नाकामा आजदेखि निषेधाज्ञा लागु भएकाे छ । जिल्ला सदरमुकाम प्रदेश गर्ने मुख्य नाका मझुवा, पालुङटार र आरुघाट क्षेत्रमा निषेधाज्ञा लागु गरिएकाे हाे ।

गाेरखा जिल्ला प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेलले निशेधाज्ञा सूचना जारी गर्दै निर्देशन पालना गर्न अपिल गरेका छन् । आरुघाट धादिङबाट प्रवेश गर्ने मुल नाका हाे । गाेरखा नगरपालिका तनहुँ र चितवन लगायका क्षेत्रबाट प्रवेश गर्ने नाका र पालुङटार तनहुँ, लमजुङ लगायतका क्षेत्रबाट प्रवेश गर्ने नाकाकाे रुपमा  रहेकाे छ ।

अन्य पालिकाहरुमा निषेधाज्ञा नभएपनि हेल्थ हेल्प डेस्क राखेर प्रवेशलाइ कडाइ गरिएकाे पालिका अध्यक्षहरुले जानकारी दिएका छन् ।

नागरिकहरुकाे स्वास्थ्य सूरक्षालाइ ध्यानमा राखेर निषेधाज्ञा लागु गर्नु परेकाे र स्वास्थ्यका मापदण्ड कायम राख्न प्रमुख जिल्ला अधिकारी पाैडेलले आग्रह गरेका छन् ।