प्रधानमन्त्री ओली पदमुक्त

सोमवार, बैशाख २७, २०७८
PM KP Sharma Oli during foundation-stone laying ceremony of Prime Minister Residency building on the Baluwatar premises,Kathmandu on Thursday . POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

काठमाडौं । प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । संसद्को आजको बैठकमा विश्वासको मतका लागि उनले राखेको प्रस्तावको पक्षमा ९३ मत, विपक्षमा १२४ मत र १५ मत तटस्थ रह्यो । कुल २३२ खसेको थियो ।

प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रधानमन्त्री ओली पदमुक्त भएका हुन् । नेपालको संविधानको धारा १०० को उपधारा ३ मा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ ।

उनको पक्षमा आफ्नै पार्टी नेकपा (एमाले)को वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पनि मत दिएन । खनाल–नेपाल पक्षका सांसद बैठकमा सहभागी भएनन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले उनको विपक्षमा मत हालेको थियो ।