चितवनमा सङक्रमित महिलाकाे गाेरखा अस्पतालमा उपचार हुँदै

सोमवार, बैशाख २७, २०७८

गोरखा ।  सुत्केरी व्यथाले च्यापेकी  सिरान्चाेक गाउँपालिका वडा नम्बर ५ जरेवरकी  २७ वर्षीय रमला सुनारले १४ गते सन्तान पाउन सफल भइन । चितवन मेडिकल कलेजमा सुत्केरी गराएकी गएकी रमलाकाे बच्चा जन्म लगतै  पिसिआर परिक्षणकाे नतिजा पाेजेटिभ आएकाे थाहा भयाे । चितवनमा बसिराख्दा अवस्था अझै जटिल हाेला भनेर गाेरखा आएकाे रमलाले बताइन । अहिलेसम्म त आफूलाइ असहज नभएकाे उनकाे भनाइ छ ।

वैशाख १४ गते जन्मिएकाे बच्चालाइ घरमा राखेर उनी  गाेरखा अस्पताल बनाएकाे टेन्ट सहितकाे सात वेड मध्य टेन्टमा बसेर उपचार गराइरहेकी छन । बच्चा सन्ताेषी भएकाले घरमा गाइभैँसिकाे दुध खुवाएर राखिएकाे वुहारीकाे उपचारमा सघाउन आएका उनका ससुराले बताए । नरुने जाे सित पनि मान्ने भएकाले सजिलाे भएकाे छ । बच्चा जन्मेदेखि नै आमाकाे दुध नखुवाएकाे उनले बताए ।