देख्न मन छ, एकैचोटि भए पनि तिम्लाई सुविधा रैथान हैन, र सञ्चालन गरियो

बिहिबार, बैशाख ३०, २०७८

मनकाे वेग अलिकति विभाजन गरियो
वहकाव नै हाे भाेगाइ, सम्पादन गरियो

देख्न मन छ, एकैचोटि भए पनि तिम्लाई
सुविधा रैथान हैन, र सञ्चालन गरियो

अँध्यारो सुरुङ्ग बनाएर के खाेज्नु जिन्दगी
र पाे जिन्दगीकाे श्रृङखला समापन गरियो

आततायी’हरु’कै तागत सापटी लिएर
निष्ठुरीलाई दिलबाट निष्कासन गरियो

कलम र कदम सोचेर उठाउनु पर्छ
विधान हाे फूलको थुँगा, उदघाटन गरियो

लोचन ‘फूलको थुँगा’