नेकपा माओवादी प्रवक्ता श्रेष्ठद्वारा गाेरखा अस्पतालका लागि स्वास्थ्य सामग्री प्रदान

शनिबार, जेष्ठ १, २०७८

जेठ १ , गाेरखा । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवँ राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गाेरखा अस्पतालका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालय र स्वास्थ्य सेवा विभागकाे सहकार्यमा ५०० थान सर्जिकल मास्क, २०० थान पिपइ सेट, ३०० जाेर ग्लाेव, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, N 95  मास्क ५० पिस, फेस सिल्ड ५० , पिस भेन्टुरी मास्क ५ पिस उपलब्ध गराएका हुन् ।

केही दिन अघि अस्पतालकाे निरिक्षण गरेका श्रेष्ठले अस्पतालकाे माग अनुसार तत्कालका लागि उक्त परिमाणकाे सामग्री उपलब्ध गराएकाे बताएका छन् । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएकाे अस्पतालले जनाएकाे छ ।