
काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेकाे छ ।
स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसद्लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको हाे ।
पार्टीबाट निष्कासित हुनेमा उपाध्क्ष भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन् । खनाल, नेपाल र रावलबाहेक अन्य विघटित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसद हुन् ।
शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल, खनाल, रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे । पार्टी संस्थापन पक्षले साेधेकाे स्पष्टीकरण उनीहरूले बहिस्कार गरेका थिए । उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे ।
एमाले संस्थापन पक्षले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने थप १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग गरेकाे छ । बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय १२ निवर्तमान सांसदसँग स्पष्टीकरण माग गरेकाे हाे ।
विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडालाई २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ ।
एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित विघटित संसदका ११ जना सांसद्लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको छ ।
पार्टीबाट निष्कासित हुनेमा उपाध्यक्ष भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन् । खनाल, नेपाल र रावलबाहेक अन्य विघटित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसद हुन् ।
शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल, खनाल, रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे । पार्टी संस्थापन पक्षले साेधेकाे स्पष्टीकरण उनीहरूले बहिस्कार गरेका थिए । उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे ।