साहित्य

देश उठेको देख्न चाहन्छौं सरकार सगरमाथा जस्तै त्यो धरहरा जस्तै

By मनासलु

May 01, 2021

तिमि छ्यौ फुल जस्तै अप्सरा जस्तै र त यो मन डुल्ने गर्छ भमरा जस्तै

परेवाको जोडी बनेर तिमी सँगसँगै उड्ने मन छ आकाशमा चरा जस्तै

देश उठेको देख्न चाहन्छौं सरकार सगरमाथा जस्तै त्यो धरहरा जस्तै

देश कसरी समुन्नत बन्छ र खै ! भ्रष्टाचार पनि भयो परम्परा जस्तै

हटाउने कति प्रयास गरें पींडाहरु झन् झन् गडेकाछन् छातीमा जरा जस्तै ।

केशव गाहा पाल्पालि