ढुङ्गाकै हो मेरो पनि घर बद्लिएको छैन ईटा बद्लिएपछि पत्थर बद्लिएको छैन
एक तिमी हौ एक मौसम हो बद्लि रहने तिमीलाई हेर्ने अझै नजर बद्लिएको छैन
बद्लिन नचाहेर होकी त खै किन होला सधै आफु बनेर पो जहर बद्लिएको छैन
नदिको ढुङ्गा जस्तै हो मेरो जिन्दगी पनि सयौं पटक खाएर ठक्कर बद्लिएको छैन
खुट्टा तान्नेले तान्ने भनेको जुत्ता मात्र हो खाली खुट्टा भएनि सफर बद्लिएको छैन राजेन्द्र बैसाल