कृति भट्टराई
कुरा हिजोको हो । वरिपरिका साथीहरु जम्मा भई कुराकानी गर्दै थियौ । एक्कासी अनुपले प्रश्न गर्यो ,अँ साच्ची आमा औंशी आउदै छ , के उपहार दिने होला है ? म एक विद्यार्थी थिए , कुनै जागिर भत्ता खाएकै थीइन् । आमा सङ्ग पैसा मागेर आमालाई नै उपहार दिनु सार्थक हो जस्तो मलाई लागेन । तर ,साथी भाई बिच गफ लाउन भने छोडेकी थिइन । मैले साथीहरुलाई भने आफू त एकै चोटि ठूलो उपहार दिने आमाको लागी ।
आज सम्म बाबू आमाको नाम बाट चिनिएकी छु तर आगामी दिनमा भने आफ्नै नामबाट मेरा बाबा आमा चिनाउने धोका छ । मेरा सामाजीक कामहरुले वावा आमालाई अँ हो हाम्री छोरी भनेर समाजमा गर्वको अनुभुती होस् भन्ने चाहेकी छु । तर आफै अनभिज्ञ थिए , जिन्दगी कसरी चलाउनी भनेर अनि सामाजी कसरी बन्ने भनेर ।
सबैले आ–आफ्ना कुराहरु राख्दै थिए । मेरो छेवैमा रहेकी रुपाले भनिन् सबै आमाहरु भगवान हुन् । सहभागीहरु “सबैले होमा हो मिलाएर कुरा गरि रहेका थिए” । तर मेरो मनमा नानाथरी कुरहरु खेल्न थाले । आमा शब्दको यसरी गुनगान सुनिरहदा पनि किन मेरि दिदी सासुले यस्तो भन्नू भो , उस्तो भन्नू भो भनेर रुदै आएकि होलिन् , किन पत्रपत्रिकामा सासुद्वारा बुहारीको हत्या , वुहारीलाई मलमुद्र खुवाइयो , नामकको हेड्लाइन देख्नु परेको होला ?किन वृद्धआश्रम नामका संस्थाहरु खोलिएका होलान् ? किन एक महिला आमालाई नै बौसीको आरोप लगाइएर कुट्पिट गरिएको होला ? भित्र मनमा जे कुरा खेले पनि साथीसङ्गीको कुरामा समर्थन गरिरहेकी थिए ।
छोराछोरीको खुशी नै मेरो खुशी भन्ने आमाले आफुले रोजेको , मन पराएको केटा र केटि सङ्ग अन्तरजातीय बिहे गर्दा जिन्दगी भर सम्पर्क विहिन हुने मेरि छिमेकी अन्टिलाई आउदै गरेको आमा औंशीमा कसरी शुभकामना दिउ ? ज्वाईले छोरी लाई माया गर्दा खुशी हुने तर, छोराले बुहारीलाई उसै गरि प्रेम गर्दा आपत्ति हुने पल्ला घरे साइली आमालाई निश्चल , सफा मन भएको आमा भनेर कसरी पुकार गर्ने । छोरा र छोरी बीच भेदभाव गरेर कसैलाई काखा र कसैलाई पाखा गर्ने ठुलिआमा लाई कसरी सम्बोधन गरु ? पेटमा छोरी हुर्किदै छ भन्नी थाहा पाए पछि विभिन्न औसधी प्रयोग गरेर गर्भपतन गर्ने मेरि सानिमालाई म छोरीले कसरी शुभकामना दिदै फोटाहरु पोस्टाउ सानीमा ? यी शब्दहरु लेखिरहदा मैले आमाहरु दुष्ट हुन भन्न खोजेकी हैन ।
तर, आमा दःुखीको भण्डार हुन् भन्न पनि हिच्किचाउदिन म । यहाँ आफ्नो शरिर बिगारेर च्यातेर पाएका छोराछोरीले हेला गरिरहदा कस्को मन रुदैन होला । बजारमा शहरिया भएर बसेका छोराछोरी वर्षमा एकदिन पनि आमाबाबा भेट्ने फुर्सद निकाल्न नसक्नीले क्षणिक मुतको न्यानो जस्तै औसिको दिन फोटो पोस्टाउनु र खानेकुरा पठाउनु अर्थहीन जस्तै लाग्छ । सम्पत्तिको लालचमा आफ्नै आमा बाबालाई हत्या गरेको पनि सुनियो , श्रीमतीको आग्रहमा आफ्नै बाबा आमालाई वृद्ध आश्राम छोड्ने छोरा पनि देखियो , अनि यत्रो नाटकमञ्चन किन ?
कतै देखिरहेकी हुन्छु जन्म दिने आमा बाबा बुढा भए पछि स्याहार सुसार गर्न पर्दा झोक्किनी , गाली गर्ने छोराछोरीहरु विगतमा आफुलाई गरेको त्यो माया ममता भुलेर चट्ट्कै माया मार्न सक्ने कस्तो मन ? कसैको रहर हुदैन आफू अशक्त हुने । कहिले काहीँ नबुझेर , नजानेर केही बोल्दा आमालाई हासोको पात्र बनाउनेहरु छोराछोरी पनियो समाजमा मैले भेटेकी छु । यो कुरा लेखीरहला मनमा कता कता म आफै आमालाई खुसी बनाउन चुकेकी त छैन , कता हामी पनि गाउँमा भएका आमा बाबालाई बिर्सिएका त छैनौ ? वैशाख कृष्णपक्षको औंसी( यिनै महिमा बोकेका आमाहरुको मुख हेर्ने दिन शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ ।
“कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । छोराहरु खराव हुन सक्छन् तर एक आमा आफ्ना सन्तान प्रति कहिल्यै खराव हुन सक्दिनन् । आउदै गरेको कृष्णपक्षको औंसी ० यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । अहिले समाजमा देखावटी प्रेम हैन , साचो प्रेम गरौ , आफुलाई दुख गरेर हुर्काएको नभुलौ , आमाको थोत्रो सारीसङ्ग लाज नमानौ । आफु भोकै रहेर पेट पालिदिएकी जन्म दिने क्रर्म दिने आमाहरुलाई कहिल्यै भोको नबनाऔ , आउदँै गरेको मातातीर्थ औंसी सबै आमाहरुमा हार्दिक नमन ।