Breaking News

साना दलले सरकारलाई विश्वासको मत नदिने

By मनासलु

May 10, 2021

काठमाडाैं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका छलफलमा क्रममा उनले कुनै पनि प्रस्तावका पक्षमा मत नदिई तटस्थ बस्ने जानकारी गराए ।

उनले प्रधानमन्त्री ओलीले आफ्नो कुरा सुनेर आफ्नो कार्यकर्ता कारागारमुक्त गरेकामा आभार प्रकट गर्दै राजनीतिक कारणले भएका आन्दोलनको कारण सजाय भोग्न नपर्ने वातावरणको सिर्जना गर्न आग्रह गरे

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए ।  उनले मुलुकमा मधेशी, जनजाति र आदिवासीका समस्या रहेको तर तीन वर्षमा समाधान गर्ने प्रयास नभएको आरोप लगाए ।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले कोभिड –१९ का कारण मुलुक आक्रान्त भएका अवस्थामा यसलाई नियन्त्रण गर्दै निर्वाचनमा जानु नै सबैभन्दा उत्तम विकल्प भएको बताए ।

राष्ट्रिय जनमोर्चा नेपालका दुर्गा पौडेलले कोभिड महामारी बढ्दै गएकाले नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिँदै विश्वासको मतको विपक्षमा मत गरिने बताइन् ।