गोरखा २८, बैशाख। नेपाली काग्रेस गोरखा जिल्ला भित्र नागरिक जीवन रक्षाका लागि तत्काल आबश्यक अक्सिजन भेन्टिलेटर सहितको आइसियु वेड तथा औषधीको व्यवस्था मिलाउन माग गरेको छ । पार्टीका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेद्धारा हस्ताक्षरित बिज्ञप्तिमा कोरोना संक्रमणको रोकथामका लागि पर्याप्त समयहुदा हुदैपनि सरकारले जनता प्रति आफ्नो न्युनतम जिम्मेवारी पनि पुरा नगरेको उल्लेख गरिएको छ । बिज्ञप्तिमा ३ वटै तहका सरकारले जिम्मेवारी पूर्वक आफ्ना नागरिकको जीवनरक्षाका लागि आबश्यक व्यवस्था मिलाउनुपर्ने भन्दै महामारीबाट बच्नका लागि गोरखाबासी सवै नागरिकलाई अपिल समेत गरिएको छ ।
त्यस्तै जिल्ला भित्र स्वांब संकलन, कन्ट्रयाक्ट टेसिङको कार्यलाई प्रभावकारी बनाउन, सवै स्थानीय तहहरुले आबश्यक स्रोतसाधन प्रदेश र संघिय सरकारसंग माग गरि क्वारेन्टिन, आइसोलेसन अस्पताल निर्माण, तथा स्वास्थ्य सम्बन्धी यन्त्र उपकरण खरिद गरि नागरिकको जीवन रक्षा गर्न बिज्ञप्ति मार्फत माग गरिएको छ । सचिव न्यौपानेद्धारा आज जारी बिज्ञप्तिमा गोरखा अस्पतालले मात्र संक्रमितको उपचार थेग्न नसक्ने भन्दै जिल्लाको आपँपिपल अस्पताल, आरुघाट, मकैसिंह र जौवारी प्राथामिक स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको आइसोलन बढाउन समेत माग गरिएको छ ।
काग्रेसले जिल्ला भित्र अक्सिजनको अभाव हुन नदिन गोरखा अस्पताल र आपँपिपल अस्पतालमा तत्काल अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन सवै तहका सरकारसंग माग गरेको छ । बिज्ञप्तिमा जिल्ला भित्र निषेधाज्ञा बेला हुनसक्ने कालोबजारीलाई रोक्न र दैनिक उपभोग्य बस्तु खाद्यान्य तथा तथा औषधीको सहज उपलब्धता गराउन समेत भनिएको छ ।
त्यस्तै बिरामीहरुका लागि सहज एम्बुलेन्स उपलब्ध गराउन, धार्चे र चुमनुव्री गाउँपालिकामा भौगोलिक बिकटताका कारण बर्खाका बेला खाद्यान्य तथा औषधीको संकट हुनसक्ने भएकाले त्यसको अहिले नै जोहो गर्न र बृद्धबृद्धा, दिर्घरोगी, अपांगता भएका नागरिकहरुले नियमित सेवन गर्ने औषधी उपचारको उचित प्रबन्ध गर्न पनि काग्रेसले बिज्ञप्ति मार्फत माग गरेको छ ।
बिज्ञप्तिमा संघिय सरकार पूण रुपमा उदासिन, असंबेदनशिल र नागरिकको स्वास्थ्य प्रति पूर्ण रुपमा गैह्रजिम्मेवार बनेका कारण दिनहुँ हजारौ संख्यामा नागरिकहरु संक्रमित हुदै गएको र उचित उपचारको अभावमा जीवन गुमाउन बाध्य भएको उल्लेख छ । त्यस्तै बिज्ञप्ति मार्फत काग्रेसले महामारीबाट उत्पन्न भएको यस अबस्था स्वास्थ्य उपचार गराईरहनु भएका सवैमा स्वास्थयलाभका कामना समेत गरेको छ ।