Breaking News

विश्व स्वास्थ्य सङ्गठनले भन्याे नेपाललाइ आपत्कालिन सहयोग आवश्यक

By मनासलु

May 16, 2021

जेठ २ गाेरखा । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले नेपाललाई यस्ताे भयावह अवस्थामा आपत्कालीन सहयोगकाे आवश्यक रहेको बताएका छन्।

डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको बताएका हुन्।

अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताए।

डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म नेपालमा सहयोगलाई निरन्तरता दिने डा.गेहब्रेयससले बताए ।