जेठ, २ गोरखा । जिल्ला अस्पताल गाेरखामा अक्सिजन प्लान्ट जडानको काम अगाडि बढेकाे छ । झण्डै ४९ लाख रुपैया लागतमा अक्सिजन प्लान्ट जडान कार्य भइरहेकाे अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
हाललाइ अस्थायी पाइपलाइन जडान गरि मेसिन सञ्चालन गर्ने गरि प्लान्ट जडान भइरहेकाे निर्माण कम्पनीले जनाएकाे छ ।
स्टाेरमा थन्क्याएर राखिएका एचडियु बेड जडान गरी काेराेन सङक्रमित विरामीहरुकाे उपचार गर्ने तयारी भइरहेकाे हाे । यस अघि धेरै मात्रामा अक्सिजन चाहिने विरामिहरुलाइ रिफर गर्दै आएकाे थियाे ।
अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट बिरामी भएको बेडमा सिधै अक्सिजन दिन सकिन्छ उनले भने ।
‘ठेकेदार कम्पनी आफैले प्राबिधिक झिकाएर अस्थायी पाइप लाइन निर्माण गरिरहेकाे हाे । दाताले मानेका थिएनन, प्रकाेपकाे समयमा सहयाेग गर्नु मानवीय हित हाे भनेर आफूले सम्झाएकाे निर्माण कम्पनीका इन्जिनियर युराेज अर्यालले बताए । बढिमा दुइ दिनमा काम सकिने उनकाे भनाइ छ । यति छाेटाे समयमा सम्भव हुने काम हाेइन म यहि जिल्लाकाे नागरिक, अस्पतालमा गाउँ गाउँबाट आएका विरामी देख्दा सहन नसकेर दातालाइ धेरै रिक्वेष्ट गरेर अस्थाइ रुपमा भएपनि फ्लान्ट जडान गर्न सफल भएकाे उनले बताए । प्रति मिनेट ८० लिटर उत्पादन हुने भएपछि यसले अभाव पूर्ती गर्ने उनकाे भनाइ छ ।
नयाँ भवनमा १८ शैयाकाे एचडियु वेड राखेर काेराेना विरामीकाे उपचार गर्ने तयारी छ । यस अघि १२ शैयामा अर्काे भवनबाट विरामीहरुकाे उपचार हुँदै आइरहेकाे छ ।