गाेरखा । गाेरखा नगरपालिका वडा नम्बर ८ स्थित ४८ वर्षिय पुरुषकाे गाेरखा अस्पतालम उपचारकाे क्रममा निधन भएकाे अस्पतालले विज्ञप्ती निकालेर पुष्टि गरेकाे छ । आइतबार साँझ ७:५६ बजे अस्पताल ल्याइएकाे र उनकाे एन्टिजेन परीक्षण पाेजेटिभ आएकाे अस्पतालले जनाएकाे छ ।
निमाेनिया समेत भइसकेकाे अवस्थामा उनकाे ११:४५ बजे निधन भएकाे निमित्त मेडिकल सुपरिटेन्डेण्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।