फाइल फाेटाे

Breaking News

काेराेना सङक्रमणबाट शहिदलखन गाउँपालिकामा ६ जनाकाे निधन

By मनासलु

May 17, 2021

गाेरखा । काेराेनाकाे दाेश्राे भेरियन्ट देखा परेसँगै शहिदलखन गाउँपालिकामा निधन हुनेकाे सँख्या ६ जना पुगेकाे छ । निधन हुनेहरुमा  वडा नम्बर ४ ताक्लुङ घर भएका वर्ष  ४१ का बाबुराम लामिछाने, वडा नम्बर ९ नामजुङ घर भएका वर्ष ८९ का डिल्ली प्रसाद लामिछाने, वडा नम्बर १ बक्राङ घर भएका वर्ष ८४ का देवराज आले, वर्ष ८४ की इनकला थापा मगर, वडा नम्बर ७ बुँकाेट घर भएका वर्ष ५२ का नवराज खनाल, वडा नम्बर ६ घर भएकी वर्ष ७० की फूलमाय श्रेष्ठ रहेकी छन् ।

दुखद निधन हुन पुगेका उनीहरु प्रति पालिकाले गाउँ कार्यपालिका बैठकबाट श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकाे छ ।