काेराेनाका कारण निधन भएका नागरिक । फाइल तस्वीर

Breaking News

शहिद स्मृति माविका शिक्षक पाेखरेलकाे काेराेना सङक्रमणका कारण निधन

By मनासलु

May 18, 2021

जेठ ४,गाेरखा  । जिल्लामा आज एक शिक्षकको  कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका ५ घर भई शहिद लखन गाउँपालिकाको शहिद समृति मावि बुँकाेटमा  अध्यापन गराउने शिक्षक ३८ वर्षिय अर्जुन पाेखरेलको उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय गोरखाले पुष्टी गरेको हो । उनका परिवारका अनुसार शिक्षक पाेखरेलकाे साेमबार राति करिव ११ बजेकाे समयमा निधन भएकाे हाे।

चितवन मेडिकल कलेजमा मृत्यु भएका उनी गोरखा सदरमुकाममा बस्दै आएका थिए ।  गोरखा नगरपालिकाले स्वाब संकलन गरि परिक्षण गर्दा उनलाइ कोरोना संक्रमण पुष्टी भएको थियो । पाेखरेल दश जाेड दुइमा अध्यापन गराउँदै आएका थिए।