Breaking News

लमजुङ भुलभुले केन्द्र विन्दु भएर ५.८ रेक्टर स्केलकाे भूकम्प

By मनासलु

May 19, 2021

जेठ ५, गाेरखा । गोरखा आसपासका क्षेत्रमा कडा भुकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर ४२ मिनेटमा भुकम्पको धक्का महसुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्प गएपछि गोरखा सदरमुकाम सहित  आसपासमा मानिसहरु अत्तालिएर घरबाहिर निस्किएका थिए ।  राष्ट्रिय भुकम्प मापन केन्द्रका  प्राविधिक राजेश शर्माका अनुसार ५ दशमलब ८ रेक्टर स्केलको उक्त भुकम्प  लमजुङकाे भुलभुले  क्षेत्र केन्द्रबिन्दु भएर भुकम्प गएको हो । भूकम्पका कारण भएकाे क्षतिकाे विवरण आउन बाँकी रहेकाे छ ।