Breaking News

नेकपा माओवादी प्रवक्ता श्रेष्ठ बारपाक पुगे

By मनासलु

May 19, 2021

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ औषधि र डाक्टर सहितकाे टाेलि लिएर बारपाक पुगेका छन् । उनले बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु भट्टलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

ज्वराे आएर घरमा बसिरहेका नागरिकहरुकाे अहिले एन्टिजेन टेष्ट भइरहेकाे पालिका अध्यक्ष भट्टले जानकारी दिए । पिसिआर परीक्षणकाे नतिजा ढिला गरी आउँदा नतिजा नआउँदै नागरिकहरुकाे ज्यान जान थालेपछि श्रेष्ठ औषधि र चिकित्सक सहितकाे टाेलि लिएर साेमबार गाेरखा आएका हुन् । पालुङटार,सिरानचाेक र अजिरकाेटमा नागरिकहरुकाे स्वास्थ्य परीक्षण पछि श्रेष्ठ आज बारपाक सुलिकाेट पुगेका हुन् ।