काठमाण्डाै । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।बारा जिल्ला घर भएका ५५ वर्षिय सिंहको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मङगलबार बिहान निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि सिंह होमआइसोलेसनमा बसेका थिए । तर स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गत शनिबार वीरगन्जस्थित अलि अर्थो एण्ड ट्रामा सेन्टरमा भर्ना गरि थप उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि सोमबार साँझ उनलाई वीरगन्जबाट हेलिकोप्टरमाफर्त काठमाडौंको मेडिसिटी अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मङगलबार बिहान निधन भएकाे उनका परिवारजनले बताएका छन् ।