गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठ औषधि र डाक्टर सहितकाे टाेलि लिएर सिमजुङ पुगेका छन् । उनले सिमजुङ स्वास्थ्य चाैकीमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
ज्वराे आएर घरमा बसिरहेका नागरिकहरुकाे अहिले एन्टिजेन टेष्ट भइरहेकाे सिमजुङ स्वास्थ्य चाैकीका प्रमुखले जानकारी दिएका छन् । पिसिआर परीक्षणकाे नतिजा ढिला गरी आउँदा नतिजा नआउँदै नागरिकहरुकाे ज्यान जान थालेपछि श्रेष्ठ औषधि र चिकित्सक सहितकाे टाेलि लिएर साेमबार गाेरखा आएका थिए । पालुङटार,सिरानचाेक, भच्चेक र बारपाकमा नागरिकहरुकाे स्वास्थ्य परीक्षण पछि श्रेष्ठ आज सिमजुङ पुगेका हुन् ।