शहिदलखन,गाेरखा । नाम्जुङ्ग जन्म घर भइ विभिन्न ठाउँमा रहेर सेवा गर्ने नागरिकहरुले गाउँमा रहेकाे स्वास्थ्य चाैकीका लागि अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।
नाम्जुङ्ग सेवा समाजले रकम संकलन गरी अक्सिजन र अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गरेकाे हो । शहिद लखन गाउँपालिका ९ नाम्जुङ्ग रहेको नाम्जुङ्ग स्वास्थ्य चौकीका लागि १० थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री उपलब्ध गराइएको संस्थाका अध्यक्ष शिव बञ्जाराले जानकारी दिए ।
बुधबार संस्थाका प्रतिनिधिले शहिद लखन गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले, वडा अध्यक्ष राम प्रसाद लामिछानेलाई संयुत्त रुपमा समाजले हस्तानान्तरण गरेका हुन् । समाजले सामाजिक सञ्जाल मार्फत चार दिनमा झण्डै तीन लाख ५० हजार रकम संकलन गरेकाे जनाएकाे छ ।
सहयोग संकलन जारी रहेकाले थप अक्सिजन सिडिण्डर र स्वास्थ्य सामाग्री पालिकालाइ उपलब्ध गराउने अध्यक्ष बञ्जाराले जानकारी दिए । यस अघि समाजले स्वास्थ्य चाैकीका लागि एम्बुलेन्स उपलब्ध गराएकाे थियाे ।