Breaking News

देउराली गाउँमा काेराेना फेलिएपछि गाउँ शिल

By मनासलु

May 22, 2021

जेठ ८ , गाेरखा । बारपाक सुलिकोट गाँउपलिकाको वडा नं ७ को देउराली लगाएतका क्षेत्रमा पुर्ण रुपमा बन्द गरिएको छ । विश्व समुदायमा महामारीको रुपमा रहेको नयाँ भेरीएण्टको सहितको कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा नै तिव्र रुपमा फैलिएका कारण देउराली लगाएतका क्षेत्रमा सिल गरिएको वडा अध्यक्ष कष्ण गुरुङले जानकारी दिए ।

वडा नं ७ को बजार क्षेत्रमा गएको ४ गते समुदाय स्तरमा कोभिड १९ एण्टिजेन परिक्षण गर्दा ८ जना मध्यमा ६ जना र ७ गते ३६ जनामा परिक्षण गरीएकोमा १७ जनामा कोरोना पुष्टि भएको थियो ।

यसले जनस्वास्थ्यमा समेत गम्भिर असर पर्न जाने हुदा अवस्थालाई मध्यनजर गर्दै थप सतकर्ता अपनाउन तथा अन्य व्यक्ति एवं समुदायमा फैलन नदिन देउराली बजार क्षेत्रसँगै वडा भित्र रहेका सम्पुर्ण व्यवसाय अर्को सस्चना जारी नभएसम्मका लागि पुर्ण रुपमा बन्द गरिएको उनले बताए