Breaking News

बक्राङका २० जना सहित शहिदलखनका ५३ जनामा काेराेना सङक्रमण

By मनासलु

May 24, 2021

गाेरखा । बक्राङका २० जना सहित शहिद लखन गाउँपालिकामा आइतबार ५३ जना काेराेना सङक्रमित थपिएका छन् ।    शहिदलखन १ बक्राङ पिपलछापमा ३३ जनाको PCR को लागि स्वाव संकलन गरिएकोमा” १९ जनाको रिपोर्ट पाेजेटिभ देखिएकाे हाे ।

आइतबार गाेरखा अस्पतालमा गरिएकाे एन्टीजेन टेष्टमा साेही वडा खहरेकी  ५२ वर्षिय महिलामा पाेजेटिभ नतिजा आएकाे गाेरखा अस्पतालका सूचना अधिकारीले जानकारी दिएका छन् ।

ताकलुङ्ग स्वास्थ्य चौकीमा २२ जनाको स्वाव संकलन गरिएकोमा” १० जनाको रिपोर्ट पाेजेटिभ आएकाे छ ।  मनकामनामा ३८ जनाको स्वाव संकलन गरिएकोमा” २३ जनाको रिपोर्ट पाेजेटिभ गरी शहिद लखन गापा भित्र आइतबार “५३ जना”संक्रमित थपिएका छन।

सक्रमितहरु सबैलाइ हाेम आइसाेलेनमा स्वास्थ्य सावधानिका साथ राखिएकाे  र उनीहरुकाे अवस्था सामान्य रहेकाे गाउँपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।